Logo

बाँकेको सुधार केन्द्रमा झडप हुँदा ५ जनाको मृत्यु, दुई घाइते

बाँकेको सुधार केन्द्रमा झडप हुँदा ५ जनाको मृत्यु, दुई घाइते



काठमाडौँ । बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् ।

गए राति सुधार गृहमा झडप भएको थियो । त्यस क्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो । घटनामा घाइते भएकाहरूलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । उपचारका लागि ल्याइएका पाँच जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते भएका दुई जना उपचार भइरहेको छ ।

देशभर जेन जेडको आन्दोलन चर्किँदा नौ बस्ताको बाल सुधार गृहमा रहेकाहरू पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोज्दा त्यही क्रममा झडप भएको थियो । केही युवा भागेका छन् भने केही बाल सुधार गृहभित्रै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्