काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
यसअनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै २३ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।