काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएको हो ।
इजरायलले सुरक्षा सुनिश्चित गर्न, हमासलाई हटाउन र सम्पूर्ण गाजाको नियन्त्रण लिन चाहेको नेतान्याहूले सुरक्षा क्याबिनेट बैठकअघि बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा बताएका थिए ।
गाजा क्षेत्रमा सुरक्षा कायम राखी यो क्षेत्र सेनाहरूलाई हस्तान्तरण गर्न चाहेको जनाउदै सेनाले गाजबासीहरूको आवश्यकता र सहजता र बमोजिम कार्य गर्ने नेतान्याहुले बताएका छन् ।
यसैबीच, जवाफमा हमासले विज्ञप्ति जारी गर्दै यसले नेतान्याहुको भनाइलाई ‘वार्ता र युद्धविरामको लागि नभई’ हमासको फिर्तीको उद्देश्यलाई प्राथमिकतामा राखेको देखिएको जनाएको छ ।
गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबार कम्तिमा नौ हजार ७५२ प्यालेस्टिनीहरू मारिएको र ४० हजार घाइते भएको जनाएका छन् । इजरायलले गत मार्च १८ देखि गाजामा पुनः आक्रमण गरी रहेको छ ।