काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ४८.२९ प्रतिशतले बढेर २१ करोड ६० लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ५७ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी १९.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २१ करोड ५१ लख ६५ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष ३३ करोड २ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा यसको वितरणयोग्य नाफा ११ करोड ३१ लख ५९ हजार रुपैयाँ छ । प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता ७.९७ प्रतिशत छ । एक वर्षको अवधिमा यसको प्रतिसेयर आम्दानी ४.१९ प्रतिशतले बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०४ पैसा छ ।