काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार २ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।