काठमाडौं । साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले साउन १ गते, विहिबारका दिन प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक विदा लागू हुने जानकारी दिएको हो।
यस विषयमा कर्णाली प्रदेश मन्त्रिपरिषद्को मिति २०८१ साल चैत १७ गतेको निर्णयका आधारमा सार्वजनिक विदा दिने निर्णय गरिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।