काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढ्दै २१ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो ।