काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घट्दै २३ सय ५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।