काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबा प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा झरेको हो । यता चाँदीको मूल्यमा भने आज प्रतितोला २५ रुपैयाँको वृद्धि देखिएको छ ।
यसअघि मंगलबार प्रतितोला २२ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर प्रतितोला २३ सय ५ रुपैयाँ कायम भएको हो ।