काठमाडौं । नेपाली बजारमा बिहीबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढ्दै २ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो ।