Logo

पशुपति आर्यघाटबाट शवको हड्डी किनेको आरोपमा दुईजना पक्राउ

पशुपति आर्यघाटबाट शवको हड्डी किनेको आरोपमा दुईजना पक्राउ



काठमाडौं । पशुपति आर्यघाटमा जलाईराखेको शवबाट निकालिएको हड्डी किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

ठाकुर हड्डी र खरानी खरिद गर्ने व्यक्ति रहेको र यादव भने सहयोगी रहेको बताइएको छ । पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको छ ।

प्रहरीले यसअघि शवको हड्डी बेचेको आरोपमा शव जलाउने व्यक्ति जीवनाथ ढकाल र शव जलाउन दाउरा उपलब्ध गराउने व्यक्ति विनायक मैनालीलाई पक्राउ गरिसकेको छ ।

उक्त घटना गत शुक्रबार अर्थात् साउन २३ गतेको हो । पशुपति आर्यघाटको २ नम्बर चितामा जल्दै गरेको शवबाट हड्डीसहितको खरानी निकालेर किनबेच गरेको आरोप उनीहरुमाथि छ । उक्त हड्डी किन किनबेच गरिएको हो भन्ने अझैसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्