काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को १० महिनामा नेपालमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो १० महिनाको तथ्यांक सार्वजनिक गर्दै यस्तो विप्रेषण आप्रवाह गत आवको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले बढेको बताएको हो । गत आवको यहि अवधिमा नेपालमा विप्रेषण आप्रवाह अघिल्लो आवको १६.९ प्रतिशतले बढेको थियो ।
२०८२ वैशाख महिनामा मात्रै नेपालमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । गत आवको बैशाखमा यस्तो रेमिट्यानस १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ बराबर भित्रिएको थियो ।
चालु आवको बैशाखसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । यसै अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३ सय १४ रहेको छ । गत आवको सोही अवधिसम्म यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३ सय ७ र २ लाख ३६ हजार ३ सय ९८ रहेको थियो ।