Logo

आजबाट पेट्रोल र हवाई इन्धन महँगियो, कति पुग्यो मूल्य ?

आजबाट पेट्रोल र हवाई इन्धन महँगियो, कति पुग्यो मूल्य ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंसिर १६ गते राती १ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ बढाएको छ ।

आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर १५ डलर बढाएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भारतबाट १४ रुपैयाँ बढेर आएता पनि मूल्य यथावत् नै छ ।

बढेको मूल्यअनुसार, पहिलो वर्गमा पेट्रोल प्रतिलिटर एक सय ५७ रूपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ पैयाँ र तेस्रो वर्गमा एक सय ६० रूपैयाँ तोकिएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायललगायतका स्थान छन् ।

निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले वृद्धि गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रू दुईका दरले वृद्धि गरिएको निमगले जनाएको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १४ रूपैयाँ ४९ पैसाले वृद्धि भएको भए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्