Logo

प्रतितोला २ हजार रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ हजार रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ ।

laxmi

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ८५० रुपैयाँ कायम भएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १६ सय ३० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १६ सय ४५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL