Logo

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा, को बन्दैछन् नयाँ मुख्यमन्त्री ?

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा, को बन्दैछन् नयाँ मुख्यमन्त्री ?



काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् ।

laxmi

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएका हुन्। कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट मुख्यमन्त्री बनेका शर्माले राजीनामाको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए । उनले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाए ।

‘सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो’, उनले बताए, ‘राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।’

उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले कार्यकालभर धेरै काम गरेको उल्लेख गर्दैै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए ।

डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उनले बताए। ‘कर्णालीका २३ वटा स्थानीय तहलाई नमुना बनाउनेतर्फ पनि काम भएका छन्’, उनले भने, ‘योजना छनोटलाई वस्तुगत तथा प्रभावकारी बनाइएको छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्
MBL