Logo

आजदेखि पेट्रोल प्रतिलिटर चार रुपैयाँ महँगो, अब कति पुग्यो मूल्य ?

आजदेखि पेट्रोल प्रतिलिटर चार रुपैयाँ महँगो, अब कति पुग्यो मूल्य ?



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

laxmi

अब काठमाडौंमा पेट्रोलको मूल्य १७५ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ । निगमले सबै पेट्रोलियम पदार्थको बिक्री घाटामा रहेको उल्लेख गरेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिदमूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेर आएको र सोहीअनुसार मू्ल्य समायोजन गरिएको निगमको भनाइ छ । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७५ रुपैयाँ पुगेको छ ।

यस्तै डिजेल तथा मट्टितेलको मूल्य पनि ३९ पैसा बढेर आएको छ । तर हाललाई खुद्रा बिक्री मूल्यमा कुनै फेरबदल नगरी पुरानै मूल्य कायम गरिएको छ । यसैगरी एलपी ग्यासको मूल्य पनि२७ रुपैयाँ ४४ पैसा बढेर आएको छ ।

मूल्य बढेसँगै निगमलाई एक सिलिन्डर ग्यासको मूल्य २९६ रुपैयाँ १५ पैसा घाटा हुने भएपनि मूल्यमा हेरफेर भने नगरिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ । पेट्रोल बाहेकको भने मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL