Logo

सुन तस्करीको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

सुन तस्करीको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ



काठमाडौं । सुन तस्करीको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले ११ तोला सुनसहित दुई जनालाई पक्राउ गरेको हो । सोमबार रसुवाको केरुङ नाका हुँदै भन्सार छली ल्याएको गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौंको नरदेविबाट दुई जनालाई पक्राउ गरेको हो ।

laxmi

उनीहरुको साथबाट १२७ दशमलव ७ ग्राम अर्थात् ११ तोला अवैध सुनसहित नियन्त्रणमा लिइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी नकुल पोखरेलले जानकारी दिए । उक्त सुनको हाल बजार भाउ १३ लाख ९१ हजार १ सय ६० हुन आउने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका–११ का सुदिप बिक र गोरखाको चुमनुब्री गाउँपालिका–६ का सोनाम दोर्जे लामा छन् । दुवैलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL