Logo

नेपालमा कोष्टारिकाको मानार्थ वाणिज्य दूतावास स्थापना, अवैतनिक वाणिज्यदूतमा डा. मनिष थापा

नेपालमा कोष्टारिकाको मानार्थ वाणिज्य दूतावास स्थापना, अवैतनिक वाणिज्यदूतमा डा. मनिष थापा



काठमाडौं । नेपालमा कोष्टारिकाको मानार्थ वाणिज्य दूतावास स्थापना भएको छ । ग्लोबल इक्विटी फण्डको सानेपास्थित अवैतनिक वाणिज्य दूतको कार्यालयको भारतका लागि कोस्टारिकाका कार्यवाहक राजदूत सोफिया सालासले उद्घाटन गरेकी हुन् । कार्यालय स्थापनापछि ठमेलको गार्डेन अफ ड्रिम्समा राजदूत सालास र कोस्टारिकाका अवैतनिक वाणिज्यदूत डा मनिष थापाको उपस्थितिमा एक औपचारिक कार्यक्रमसमेत सम्पन्न भएको छ ।

laxmi

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, सांसदहरु, व्यवसायीहरु, अवैतनिक वाणिज्यदूतहरु र नेपालका लागि मान्यता प्राप्त कूटनीतिक निकायका सदस्यहरुको उपस्थिति रहेको थियो । समारोहमा माननीय मन्त्री गिरीले अवैतनिक वाणिज्यदूत डा. थापालाई बधाई सन्देश दिँदै यस नियुक्तिले नेपाल र कोस्टारिकाबीचको द्विपक्षीय व्यापार र लगानीमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनले शान्ति र प्रकृतिको संरक्षणमा कोस्टारिका अग्रगामी रहेको र नेपालजस्ता देशले यसबाट पाठ सिक्नुपर्नेे बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतको लागि कोस्टारिकाका कार्यवाहक राजदूत सोफिया सालासले नेपालमा कोस्टारिकाको अवैतनिक वाणिज्य दूतावासको स्थापनाले कोस्टारिका र नेपालबीचको व्यापार, लगानी, पर्यटन र जनताबीचको आदानप्रदानलगायतका विभिन्न क्षेत्रमा सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन । उनले झण्डै ४७ वर्षअघि सन् १९७७ अगस्ट १६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा बढ्दो सहयोग आदानप्रदानका कारण दुई देशबीचको सम्बन्ध विस्तार र सुदृढ हुँदै गएको बताइन् । उनले सेप्टेम्बर २०१८ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चस्तरीय भ्रमणले नेपाल र कोस्टारिकाबीचको सम्बन्धमा निकै बलियो जग बसालेको पनि प्रकाश पारिन् ।

नेपालका लागि कोस्टारिकाका अवैतनिक वाणिज्य दूत डा. मनिष थापाले नेपाल र कोस्टारिकाबीचको व्यापार र लगानीका अवसरहरूको प्रवद्र्धनका साथै सांस्कृतिक, शैक्षिक र जनमानसको आदानप्रदानको विकासमा योगदान पुर्याउने चाहना रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL