Logo

नेपालमा अनलाइन जुवा मौलाउँदै, काठमाडौंबाट जुवा खेलाउने तीन महिलासहित चार जना पक्राउ

नेपालमा अनलाइन जुवा मौलाउँदै, काठमाडौंबाट जुवा खेलाउने तीन महिलासहित चार जना पक्राउ



काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट तीन महिलासहित चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

laxmi

पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपालकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको बाहुनडाँडाकी २३ वर्षीय पूर्णीमा राई र नुवाकोटको शिवपुरका २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

क्यास एप, फायरकिरिन जस्ता एप्लिकेसनबाट उनीहरूले अनलाइन जुवा खेलाउने गरेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरूको साथबाट जुवा खेलाउन प्रयोग हुने गरेको ल्यापटप पनि बरामद भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL