Logo

तपाईकोमा मोबाइल इन्टरनेट कस्तो चल्छ ? देशभर दूरसञ्चार नेटवर्कको अवस्था अध्ययन गर्दै प्राधिकरण

तपाईकोमा मोबाइल इन्टरनेट कस्तो चल्छ ? देशभर दूरसञ्चार नेटवर्कको अवस्था अध्ययन गर्दै प्राधिकरण



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर दूरसञ्चार नेटवर्कको अध्ययन गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामकीय निकाय का रुपमा रहेको प्राधिकरणले देशभर इन्टरनेट र भ्वाइसको पहुँच र गुणस्तरबारे विस्तृत अध्ययन गर्न लागेको हो । देशका कतिपय स्थानमा नेटवर्क पुगेपनि प्रभावकारी नतिजा आउन नसकेको अवस्थामा प्राधिकरणले विस्तृत सर्भेसहित अध्ययन गरेरै नतिजाको यकिन गर्ने भएको हो ।

laxmi

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रको यकिन तथ्यांक निकाल्न र यसको गुणस्तर मापन गर्नका लागि नेटवर्कको अध्ययन गर्न लागेको जानकारी दिए । ‘हाम्रै तथ्यांकले देशभर न्यूनतम ब्रोडब्याण्ड इन्टरनेट र भ्वाइस सेवाको विस्तार भईसकेको देखाउँछ,’ उनले भने, ‘तर, यसको वास्तविकता र गुणस्तरका बारेमा अझै यकिन हुन सकिएको छैन, सोका लागि हामीले अध्ययन गर्ने तयारी गरेका छौं ।’ उनले प्राधिकरणकै कर्मचारीहरुबीचबाट एउटा सर्भे कमिटि गठन गरेर केहि समयभित्रै यसको अध्ययन अघि बढ्ने बताए । यस्तै उनले प्राधिकरणले मासिक रुपमा सार्वजनिक गर्ने म्यानेज्ड इन्फर्मेशन सिस्टम (एमआइएस) प्रतिवेदन पनि अब व्यवस्थित हुने बताए ।

‘यदि विश्वभरका केहि कम्पनीहरुले नेपालको दूरसञ्चार क्षेत्रको अध्ययन गर्नुपर्याे भने यसको तथ्यांक हेर्ने प्राथमिक स्रोत नै प्राधिकरणको वेबसाइट हुन्छ,’ उनले भने, ‘तर, वेबसाइटमा भएका सूचना र तथ्यांकहरु यकिन र वास्तविक छन्/छैनन् त्यो त हामीले जाँच गर्ने हो, यसैले पनि हाम्रो वेबसाइटसँगै यसमा राखिने तथ्यांक पनि अब भरपर्दा हुनेछन् ।’ आफु आएपछि आफ्नो प्रमुख ध्यान नै दूरसंचार क्षेत्रको तथ्यांकमा केन्द्रित भएको बताउँदै उनले हाल प्राधिकरणको बारेमा अध्ययन गर्दै आगामी रोडम्याप तयार गरिरहेको बताए । ‘अब हामीले आगामी दिनमा गर्नै पर्नै कामहरुको रोडम्याप तयार पारिरहेका छौं,’ उनले भने, ‘यसमा दूरसञ्चार सेवाप्रदायकमा देखिएको समस्या र हामीले गर्नुपर्ने सहजीकरण र कारबाहीका क्रियाकलापहरु प्राथमिकतामा पर्नेछन् ।’

उनले हाल मध्यपहाडी लोकमार्गमा विछ्याउने अप्टिकल फाइबरको विस्तार, गाउँगाउँमा पुगेको ब्रोडब्याण्ड इन्टरनेट र वायरलाइन तथा वायरलेस सेवाको गुणस्तर सुधार्ने प्रमुख काम रहेको बताए । ‘हामी देशभरको संजाल अध्ययन गरी सोहीअनुसार कुन स्थानमा कस्तो संजाल छ भनेर म्यापिङ नैै गर्नेछौं,’ उनले भने, ‘कतै बढी क्षमताको नेटवर्क आवश्यकता हुन्छ त्यस्ता स्थानमा फाइबरको कोर परिवर्तन गर्न सकिने वा घटाउनुपर्ने स्थानमा घटाउन सकिने गरि अध्ययनको निष्कर्ष निस्कनेछ ।’ उनले त्यसपश्चात देशभरको नेटवर्क सुधारको काम अघि बढाउँदै सबै नागरिकसम्म सूचनाको सहज पहुँच सुनिश्चित गरिने बताए । यसले देशभरको भ्वाइस सेवा र इन्टरनेट सेवामा गुणस्तरियता अभविृद्धिमा पनि सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL