Logo

वित्तीय पहुँच र समावेशीता नहुँदा मिटरब्याजकाे समस्या : सांसद रिजाल

वित्तीय पहुँच र समावेशीता नहुँदा मिटरब्याजकाे समस्या : सांसद रिजाल



काठमाडौं । राष्ट्रिय सभाका सदस्य घनस्याम रिजालले वित्तीय पहुँच र समावेशीता नहुँदा मिटरब्याजकाे समस्या बढेकाे बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा ‘बजेटकाे सिद्वान्त र प्राथमिकता’ माथिकाे छलफलमा भाग लिँदै उनले आगामी बजेटले वित्तीय पहुँच र समावेशी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताएका हुन् । ‘७५३ वटै पालिकामा वाणिज्य बैंक पुगेका छन्, विकास बैंक र फाईनान्स देशभर छन्, लघुवित्त र सहकारी छन् तर पनि जनता किन मिटरब्याजको पासोमा पर्न बाध्य छन् ?’ उनले भने, ‘ आगामी बजेटले वित्तीय क्षेत्रको पहुँच वृद्धि, समानता एवम् समावेशीकरणले प्राथमिकतामा राख्नुपर्छ ।’

laxmi

बजेटमा जनप्रतिनिधिको सुझाव समेटिने विश्वास सांसद रिजालले अघिल्ला वर्षहरूमा बजेटको १५ दिनअघि मात्रै संसदमा प्रि बजेट छलफल गरिने गरेकाे बताए । ‘विगतमा बजेट निर्माण नै लगभग सकिईसकेपछि हुने छलफलको हुन्थ्याे, कुनै औचित्य नहुने भएपनि थिएन विधि प्रक्रियाका लागि गरिन्थ्यो’ उनले भने, ‘यस वर्षबाट कानून नै संसोधन गरेर बजेटको तीन महिना अघिनै संसदमा प्रि बजेट छलफल शुरू भएको छ, यो सुखद पक्ष हो । आशा छ हामी जनप्रतिनिधिले दिएका सुझावहरू आगामी बजेटमा चाहिँ समेटिएको हुने छ ।’

कृषिकाे उत्पादन वृद्धिसँगै आयात निरूत्साहित सांसद रिजालले हाम्रो अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या उत्पादन बढाउन नसक्नु भएकाे बताए । ‘बजेटको दोस्रो प्राथमिकतामा कृषिलाई राखिने भनिएको छ, यो ठीक छ’ उनले भने, ‘तर, अब हामीले कृषि वस्तु उत्पादनमा प्रोत्साहन दिने मात्रै होईन निश्चित समयावधिसम्म कृषि वस्तुको आयातलाई निरुत्साहित गर्ने नीति लिनुपर्छ ।’

दशरथ रंगशालाकाे विकल्प खै ? सांसद रिजालले नेपालले रंगशालाकाे स्तर मापदण्ड नपुगेकाले आगामी फिफा विश्वकप छनौंटको खेल आफ्नो होम ग्राउण्डमा खेल्न नपाएकाे भन्दै त्यसबाट नेपालकाे गरिमामै आच आएकाे बताए । ‘बहराईनसँग हुने होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्नु पर्ने भएको छ, यसको मूल कारण भनेको हामीसँग दशरथ रंगशालाको विकल्प नहुनु हो । यसले अन्तर्राष्ट्रियस्तर जगतमा नेपालको बेइजती गरेको छ भने अर्कातर्फ खेलाडीको मनोबल खस्काएको छ’ उनले भने, ‘खेलकुद विकास र खेल पर्यटन विकासका लागि अन्तरराष्ट्रिय रंगशाला निर्माण पनि हाम्रो प्राथमिकतामा पर्नै पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL