Logo

जेनजी आन्दोलनको आगजनी र तोडफोडबाट २० अर्ब ७० करोडको बीमा दाबी, सबैभन्दा बढी ओरिएन्टलमा

जेनजी आन्दोलनको आगजनी र तोडफोडबाट २० अर्ब ७० करोडको बीमा दाबी, सबैभन्दा बढी ओरिएन्टलमा



काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पुगेको क्षतिवाति २० अर्ब ७० करोड रुपैयाँको बीमा दावी परेको बताईएको छ । नेपाल बीमा प्राधिकरणले भदौ ३१ गतेसम्मको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै देशभर भएको आगजनी र तोडफोडबाट १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ। यो रकम १ हजार ९ सय ८४ वटा दाबीबाट आएको हो।

सबैभन्दा बढी दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ, जसमा ४० वटा दाबीबाट ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २५८ दाबीबाट ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँ र तेस्रोमा शिखर इन्स्योरेन्समा ३६६ दाबीबाट २ अर्ब ३९ करोड ४ लाख रुपैयाँको दाबी परेको छ।

यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख (२४ दाबी), सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख (२३३ दाबी), हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख (१९६ दाबी) र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख (४० दाबी) रुपैयाँको दाबी परेको छ।

अन्य कम्पनीहरूमा सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख र नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँको दाबी परेको छ।

लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख, स्टार माइक्रोमा ६७ लाख ७ हजार, नेपाल माइक्रोमा ५६ लाख ३६ हजार र ट्रस्ट माइक्रोमा ४२ लाख रुपैयाँको दाबी परेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्