Logo

यी हुन गठबन्धन सरकारका नयाँ मन्त्री, आजै बेलुका पाँच बजे सपथ लिदै

यी हुन गठबन्धन सरकारका नयाँ मन्त्री, आजै बेलुका पाँच बजे सपथ लिदै



काठमाडौँ । नयाँ गठबन्धनको भागबन्डा मिलेपछि पार्टीहरूबाट सिफारिस पाएका र प्रधानमन्त्रीले तय गरेका मन्त्रीहरूको बुधबार ५ बजे शपथ हुने भएको छ । सपथका लागि प्रधानमन्त्रीको सचिवालयले खबर गरेको छ ।

laxmi

एमालेबाट रघुवी महासेठ, रास्वापाबाट रवि लामिछाने नेतृत्व गर्दै सरकारमा सहभागी भएका छन् । एमालेबाट गत वर्ष २ महिना मन्त्री भएका ६ जनालाई दोहोर्याइएको छ । माओवादीबाट सुदन किराती बाहेक सबै कांग्रेससँगको गठबन्धन हुँदा मन्त्री बनेकाहरू हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपाले पाउने मन्त्रालय र मन्त्रीको टुङ्गो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय दिने टुंग्याएको हो । यस्तै रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।

जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उनी श्रममन्त्री बनेका थिए । तर, छोटै समयमा बाहिरनु परेको थियो । रास्वपाले चार मन्त्रालयमा दाबी गरेको थियो । तर, नेकपा एकीकृत समाजवादीलाई पनि समेट्नुपर्ने भएकाले अहिले तीन मन्त्रालय पाएको हो ।

नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि मन्त्रीको नाम टुंग्याएको छ । नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीन जना मन्त्री दोहोरिने भएका छन् । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने भएका छन् ।

श्रेष्ठको मन्त्रालय फेरिए पनि अन्य दुई जनाले पहिलेकै मन्त्रालय पाउने लगभग सहमति भएको छ । माओवादी केन्द्रीय सचिवालय बैठकमा कामको परफरमेन्सका आधारमा श्रेष्ठ नयाँ सरकारमा दोहोरिने हो भने बस्नेत र शर्मा पनि दोहोरिने प्रस्ताव आएको थियो । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जनाएको छ । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।

नेकपा एमालेले पनि नयाँ सरकारमा पठाउने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । गत वर्ष प्रचण्डबाट धोका पाएका अधिकांशले यो पटक फेरि मौका पाएका छन् । नयाँमा रघुवीर महासेठ र बलराम अधिकारी छन् । एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा एक राज्यमन्त्रीसहित नौं जनालाई पठाउने भएको छ । रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाइनेछ । अन्यको भने मन्त्रालय टुङ्गो लागिसकेको छैन ।

राजेन्द्र राई, ज्वालाकुमारी शाह, दामोदार भण्डारी, पदम गिरी, भगवती चौधरीलाई पनि एमालेले पुनः सरकारमा पठाउने भएको छ । विमला राई पौड्यालको ठाउँमा कपिलवस्तु–१ बाट निर्वाचित बलराम अधिकारीलाई पठाइने भएको छ । रघुवीर पनि गत वर्षको प्रचण्ड टीममा थिएनन् । यसअघि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाएर जाँदा एमालेको भागमा आठ मन्त्रालय परेको थियो । त्यस बेलामा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL