काठमाडौं । एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । उनले बिहीबार बिहान बैंकको संचालक समितिसमक्ष राजीनामा दिएका हुन् । उनी २०७९ साल कात्तिकमा ४ वर्षको लागि दोस्रोपटक सीइओमा नियुक्त भएका थिए । उनले आफ्नो कार्यकाल बाँकी रहँदै राजिनामा दिएका हुन् ।
बैंक संचालक समितिले उनको राजीनामा स्वीकृत गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।