Logo

राष्ट्र बैंकको सर्कुलर, चैत १ गतेदेखि ब्याजदर घट्ने

राष्ट्र बैंकको सर्कुलर, चैत १ गतेदेखि ब्याजदर घट्ने



काठमाडौं । चैत १ गतेदेखि निक्षेपको ब्याजदर थप घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरेको व्यवस्था कार्यन्वयनमा ल्याउन सुर्कलर जारी गरेसँगै चैत १ गतेदेखि निक्षेपको ब्याजदर घट्ने भएको हो ।

laxmi

राष्ट्रले जारी गरेको सर्कुलरले चैत १ गतेदेखि हाल १ प्रतिशत विन्दुले फरक रहेको संस्थागत र व्यक्तिगत निक्षेपको व्याजदरलाई १ प्रतिशत विन्दुले मात्रै फरक गर्न निर्देशन दिएको छ । अहिले बैंकमा तरलता फालाफालको अवस्था भएको र राष्ट्र बैंकको सर्कुलर अनुसार संस्थागत र व्यक्तिगत निक्षेपमा १ प्रतिशत विन्दुको फरक गर्दै बैंकहरुले आफ्नो खर्च कटौती गर्नका लागि पनि व्यक्तिगत निक्षेपमा दिँईदै आएको ब्याजलाई घटाउने सम्बद्ध बैंकरहरु बताउँछन् ।

राष्ट्र बैंकले उक्त नीति लिएसँगै सबैजसो बैंकहरुले अहिले कर्जा लगानी नभैरहेको अवस्थामा व्यक्तिगत निक्षेपको ब्याजदर घटाएर १ प्रतिशत विन्दु कायम गर्ने जानकारी दिएका छन् ।

पछिल्लो समय कर्जा लगानी नहुँदा बैंकहरुले निरन्तर निक्षेपको ब्याज घटाउँदै लगेको र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण एकैपटक १ प्रतिशत विन्दुले ब्याज घट्दा कर्जाको ब्याजसमेत उच्चरुपमा घट्न जाने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL