Logo

अर्थतन्त्रमा सुधार नआए बैंकमा थप समस्या हुन्छ, अर्को वर्ष लाभांश दिन सक्दैनन् : सिईओ ढुंगाना

अर्थतन्त्रमा सुधार नआए बैंकमा थप समस्या हुन्छ, अर्को वर्ष लाभांश दिन सक्दैनन् : सिईओ ढुंगाना



काठमाडौँ । अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बैंकरले बताएका छन्। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रशाद ढुंगानाले यस्तो बताएका हुन। सिईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ (फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दैविगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको बताए ।

laxmi

अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए । जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ। जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने बताए। अहिले मुलुकमा पुजीँगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको बताए।

नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताइन । कार्यक्रमको प्रमुख अतिथि रहेकी ढुङ्गानाले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताईन् । यद्यपी छिमेकी देशहरुको तुलनामा नेपलाको एनपिएल कम नै रहेको जानकारी गराईन। नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने बताईन।

पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाई छ। यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाई छ। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
MBL