Logo

डेरी एसोसिएसन बागमतीको साधारणसभा : डेरी व्यवसायी निकै समस्यामा, सरकारबाट कुनै सहयोग नपाएको गुनासो

डेरी एसोसिएसन बागमतीको साधारणसभा : डेरी व्यवसायी निकै समस्यामा, सरकारबाट कुनै सहयोग नपाएको गुनासो



काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको पाँचौं वार्षिक साधारणसभा शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । सोही स्थानमा काठमाडौं जिल्ला समिति र ललितपुर दुग्ध व्यवसायी समितिको पनि वार्षिक साधारणसभा संयुक्त रूपमा सम्पन्न भएको काठमाडौं जिल्लाका अध्यक्ष अजित बजगाईंले जानकारी दिनुभयो । नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोस्रो वार्षिक साधारणसभा र ललितपुर दुग्ध व्यवसायी समितिको १०औं वार्षिक साधारणसभा एकै स्थानमा आयोजना गरिएको हो ।

laxmi

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरेको सभापतित्व र बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा।राजेन्द्र यादव, पशुसेवा विभागका प्रभाष पौडेल, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रीय सल्लाहकार ज्ञानेन्द्र बजगाईं, पूर्वअध्यक्ष सुमित केडिया, रैथाने एग्रो प्रालिका शंकर गौतम, डेरी एसोसिएसन केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमला, मनोजकुमार घिमिरे, सहकोषाध्यक्ष रामभक्त दाहाल, सदस्य नवराज तिमल्सिना, शिव घिमिरे, रविशरण थापा, रमेश सञ्जेल, निराजन कोइरालाको उपस्थिति रहेको थियो ।

डेरी एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले हाल डेरी व्यवसायी निकै समस्यामा रहेको भए पनि सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरे । एसोसिएसनका केन्द्रिय अध्यक्ष दाहालले हाल दूध तथा दुग्ध पदार्थ मौज्दात समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकारले पहल गरी छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले डेरीका हरेक समस्या दुग्ध किसानको अस्तित्वसँग गाँसिएकाले सरकारले दुग्ध क्षेत्रको समस्यालाई सधैं गम्भीरताका साथ लिने गरेको बताए।

उनले भने, ‘किसानबिना कसैको घरमा भान्सा चल्दैन, किसानलाई सम्मानित गर्नुपर्छ । यस्तो सम्मानित पेशाको सबैले सम्मान र गौरव गर्नुपर्छ ।’ रैथाने एग्रो प्रालिका गौतमले एसोसिएसनसँगको सम्झौता अनुसार प्रत्येक शनिबार रैथाने कृषि उत्पादन हाट बजारमा निःशुल्क दही उपलब्ध गराई प्रत्यक्ष मोही तुलाई निःशुल्क वितरण गर्ने काम स्वागतयोग्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL