Logo

इमर्जिङ्ग नेपालको आठौँ वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

इमर्जिङ्ग नेपालको आठौँ वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबारका बानेश्वर ब्याङक्वेट, थापागाँउ, नयाँ बानेश्वरमा साधारण सभा सम्पन्न गरेको हो ।

laxmi

कम्पनीको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट वितरण गरिएको लाभांश पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.४२१० प्रतिशतले हुन आउने ४ करोड ६७ लाख ८७ लाख ३ सय ६८.४२ रुपैयाँ बराबरको नगद लाभाशं ( कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९÷८० नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL