Logo

मंसिरको लागि अधिकांश बैंकले घटाए ब्याजदर : अब ब्याजदर एकल अंकतर्फ, कुनको कति ?

मंसिरको लागि अधिकांश बैंकले घटाए ब्याजदर : अब ब्याजदर एकल अंकतर्फ, कुनको कति ?



काठमाडौं । मंसिर महिनाको लागि अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षपको ब्याजदर घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनाको लागि वाणिज्य बैंकले औसत ०.३३ प्रतिशत ब्याजदर घटाएका हुन । कात्तिक महिनामा औसत ९.९६ प्रतिशत रहेको ब्याजदर अहिले घटेर ९.६३ प्रतिशत कायम भएको हो ।

laxmi

मंसिर महिनाको लागि माछापुच्छ्रे« बैंकले मात्र मुद्दती निक्षेपको ब्याजदर केहि बढाएको छ भने ६ बैंकले भने कात्तिक महिनाकै ब्याजदर यथावत राखेका छन । यसैगरी, सबैभन्दा धेरै एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ । कात्तिकमा ११ प्रतिशतसम्म ब्याज दिंदै आएको यस बैंकले मंसिरमा भने ८.९६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

सबै भन्दा धेरै हिमालयन बैंकले १०.६० प्रतिशत मुद्दती निक्षेपमा ब्याजदर तोकेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल सीडी रेसियो ८१.३१ प्रतिशतमा झरेको छ । त्यसैले, बैंकमा तरलता प्रसस्त रहेको देखिन्छ । निक्षेप संकलन बढ्दै गएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् ।

ब्याजदर घटबढ सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL