Logo

बढेको सुनको भाउले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुँदै

बढेको सुनको भाउले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा सुनको भाउले बनायो नयाँ रेकर्ड कायम गरेको छ । आज कार्तिक २ गते बिहीबार सुनको भाउमा प्रतितोला ५०० रुपैंयाले बृद्धिसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ। गत साउन ४ मा सुनको मूल्य १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार २०० हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ६५० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी प्रतितोला १५ रुपैंयाले घटेर तोलाको १ हजार ३९५ रुपैयाँ कायम भएको छ। बुधबार १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL