Logo

सेयर धितो कर्जामा थप कडाई, राष्ट्र बैंकले राख्यो ८ शर्त

सेयर धितो कर्जामा थप कडाई, राष्ट्र बैंकले राख्यो ८ शर्त



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर कर्जा लिन थप कडाई गरेको छ । जस्ता कम्पनीको पनि सेयर धितो राखेर कर्जा दिदा त्यसले वित्तीय प्रणालीमै समस्या पार्ने देखिएपछि राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै थप कडाई गरेको हो ।

laxmi

उक्त निर्देशन अनुसार विभिन्न ८ वटा सर्त पालना नगरेमा त्यस्ता कम्पनीहरूको सेयर धितो राखेर कर्जा दिन नपाउने व्यवस्था गरेको छ । जसअनुसा राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशनबमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरुको सेयर धितोमा कर्जा प्रवाह गर्न पाईने छैन ।

यसैगरी नेटवर्थ ऋणात्मक भएका संस्थाहरु, नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकरणबाट हटाइएका संस्थाहरु, आर्थिक वर्ष समाप्त भएको १ वर्ष अवधि पूरा हुँदासमेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरु र पछिल्लो ३ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरुको सेयर धितोमा कर्जा प्रवाह गर्न पाईने छैन ।

यसैगरी व्यावसायिक रुपमा सञ्चालनमा आएको १ वर्ष व्यतित नभएका संस्थाहरु, विगत ३ वर्षदेखि साधारणसभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका कम्पनीहरूमा सेयर धितो कर्जा प्रवाह गर्न नपाईने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL