Logo

राष्ट्र बैंकको एकीकृत निर्देशन : असल कर्जाको नोक्सानी व्यवस्था घट्यो, सेयर धितो कर्जाको सीमा बढ्यो

राष्ट्र बैंकको एकीकृत निर्देशन : असल कर्जाको नोक्सानी व्यवस्था घट्यो, सेयर धितो कर्जाको सीमा बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले असल कर्जाको न्युनतम कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशत पुर्याएको छ । बिहीबार साँझ नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गर्दै कर्जाको नोक्सानी मूल्यांकन घटाएको हो । यसअघि असल कर्जाको नोक्सानी मूल्यांकन १.३ प्रतिशत थियो ।

laxmi


यस्तै राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा पनि बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ पुर्याएको छ ।

यसअघि १२ करोड रुपैयाँको सीमामा रहेको यस्तो कर्जाको सीमा बढाउनुपर्ने भन्दै लगानीकर्ताहरु आन्दोलनसमेत गर्दै आएका थिए ।

‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ,’ परिमार्जित एकीकृत निर्देशनमा भनिएको छ, ‘धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL