Logo

अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयले मात्रै काम गरेर पुग्दैन, सबै लागि पर्नुपर्छ : अर्थमन्त्री डा. महत

अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयले मात्रै काम गरेर पुग्दैन, सबै लागि पर्नुपर्छ : अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयले मात्रै काम गरेर नपुग्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजना गरिएको महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधारका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले अर्थतन्त्र सुधारका लागि सबै निकायले आफ्नो जिम्मेवारी पूरा गरे मात्रै चाँडै राम्रो गतिमा अगाडि बढ्न सक्ने बताए ।
‘बिस्तारै हामी सकारात्मक गतिमा गइरहेका छौ म बिस्तारै हाम्रो अर्थतन्त्र सकारात्मक हुँदै गएको देख्दैछु,’ कार्यक्रममा बोल्दै उनले भने, ‘जो सशक्त छ उ विभेदमा पर्दैन, विभेद कम गर्नका लागि राज्यले पनि ध्यान दिनु पर्छ । पत्रकारिता क्षेत्रमा महिलाहरुको पनि सहभागिता बढ्दै गएको छ । यो सकारात्मक पक्ष हो ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL