Logo

इजरायलबाट आज २५४ बिद्यार्थी नेपाल ल्याइँदै, निगमको जहाज इजरायलमा

इजरायलबाट आज २५४ बिद्यार्थी नेपाल ल्याइँदै, निगमको जहाज इजरायलमा



काठमाडौं । युद्ध चर्किएको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समूह हमासले गरेको आक्रमण पछि युद्ध चर्किएको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन ।

laxmi

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गए राति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो । इजरायल–हमास युद्धमा मारिएका १० नेपालीको शव नेपाल ल्याउन भने केहि दिन लाग्ने सरकारले जनाएको छ । आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीको शव हस्तान्तरणका लागि इजरायल सरकारको प्रक्रिया पुरा भएपछि मात्र नेपाल ल्याइने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL