Logo

नेतन्याहुद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

नेतन्याहुद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस



काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार राति अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छन् । नेतन्याहुले ट्रम्पसँगको भेटमा यो सम्मानका लागि ‘उचित रूपमा योग्य’ भएको बताएका छन् ।

ट्रम्पले आफूलाई सधैं ‘शान्तिका दुत’ को रूपमा वर्णन गर्दै आएका छन् भने नोबेल पुरस्कारप्रति आफ्नो चाहना खुलस्त रूपमा व्यक्त गर्दै आएका छन् । पत्रकारहरूसामु बोल्दै ट्रम्पले नेतन्याहुबाट यस्तो कुरा सुन्नु निकै अर्थपूर्ण रहेको भन्दै धन्यवाद दिए ।

सोमबार, ट्रम्पले हालैका अमेरिकी हवाई आक्रमणपछि इरानका अधिकारीहरूबाट वार्ताको प्रस्ताव आएको पुष्टि गरेका छन् । उनको साथमा बसेका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफले वार्ता सम्भवतः एक हप्ताभित्रै हुनसक्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्