Logo

आइएमई लाइफद्वारा पोखरामा ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ सम्पन्न, अभिकर्तालाई सम्मान

आइएमई लाइफद्वारा पोखरामा ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ सम्पन्न, अभिकर्तालाई सम्मान



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ताहरूलाई पोखरामा विशेष सम्मान गरेको छ। ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ शीर्षकमा आयोजित उक्त भव्य समारोह पोखरा ग्राण्ड होटलमा सम्पन्न भएको हो।

कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, नव नियुक्त कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसर, प्रदेश प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उपस्थितिमा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कम्पनीसँग आबद्ध उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई नेपाली मौलिकता झल्किने ‘आँखिझ्याल’ शैलीमा निर्माण गरिएको विशेष अवार्ड प्रदान गरिएको थियो। आईएमई लाइफ इन्स्योरेन्सले स्वदेशी उद्योग प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने उद्देश्यले उक्त अवार्ड नेपाली शैलीमा तयार पारेको हो।

कार्यक्रमका समापन अवसरमा प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले हालसम्म प्राप्त गरेको सफलता र सम्मान अभिकर्ता तथा कर्मचारीहरूको समर्पण, मेहनत र सहकार्यको परिणाम भएको उल्लेख गरे। उनले भविष्यमा अझ प्रविधिमैत्री, बीमितमैत्री र अभिकर्ता(केन्द्रित सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्