काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै लाइसेन्स अवधि दोब्बर बनाइएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) संशोधन गर्दै सरकारले लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याएको हो ।
नवीकरण गरिएका लाइसेन्सको मान्य अवधि पनि अब ५ वर्षको सट्टा १० वर्ष हुनेछ ।
नयाँ कानुनी व्यवस्थाअनुसार अब सवारी जाँचपास र प्रदूषण परीक्षण केन्द्र सञ्चालनमा निजी क्षेत्रलाई पनि अनुमति दिने व्यवस्था गरिएको छ । यसले सेवा प्रवाहमा प्रतिस्पर्धा र सहजता बढ्ने अपेक्षा गरिएको छ ।