Logo

पर्यटन समिति र उद्योग मन्त्रीबीच भेट, होटल व्यवसायलाई उद्योगसरहको सुविधा दिन माग

पर्यटन समिति र उद्योग मन्त्रीबीच भेट, होटल व्यवसायलाई उद्योगसरहको सुविधा दिन माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योगसरह सेवा सुविधा दिन माग गरेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत (अजित) को नेतृत्वमा गएका उद्योगी व्यवसायीहरुले उद्योग मन्त्री रमेश रिजाललाई भेट गरी होटल व्यवसायलाई उद्योगसरह सेवा सुविधा दिनमा माग गरेका हुन् ।

laxmi

‘व्यवसायीले होटल क्षेत्रमा ठूलो पुँजी लगानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मूलूकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा पुर्याएको उद्योगीहरुले बताए । मन्त्री रिजाललाई ज्ञापन पत्र बुझाउँदै समितिका सभापति देशबन्धु वस्नेतले होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योगसरह मान्यता समेत दिनुपर्ने सुझाव दिएका छन् ।

अर्थतन्त्र र गन्तव्य विकासमा होटल क्षेत्रको विशेष योगदान रहेको भन्दै यस क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण नगरी राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिन उक्त समितिको माग छ । साथै होल क्षेत्रले पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा होलको विशेष योगदान हुने वस्नेतले जानकरी दिए । साथै सोका लागि होटल व्यवसायका लागि विद्युतको सहुलियत दर रेट करमा विशेष छुट सहित उद्योग सरहको सुविधा उपलब्ध गराउन उक्त समितिले आग्रह गरेको छ ।

समितिले होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन गर्नुपर्ने माग अघि सारेको छ । ‘अहिले ऐनमा व्यवस्था भए अनुसार कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी नहुने गरी पठाउन मात्र पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन देखिन्छ,’ समितिले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ, ‘अन्तरराष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशत भन्दा कम मूल्यमा सञ्चालन नगर्ने भएकाले सो क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन ।’ होटल व्यवसायमा विदेशी ब्राण्ड र लगानी बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन ऐनमा भएको उक्त प्रावधान तत्काल हटाउनुपर्ने वस्नेतले बताए ।

भेटमा मन्त्री रिजालले होटल व्यवसाय प्रवर्द्धनका लागि सरकारले सक्दो सहयोग गर्ने बताएका छन । ‘अहिले तपाईंहरूले जुन माग अघि सार्नु भएको छ त्यसमा मेरो पनि समर्थन छ,’ उनले भने, ‘देशमा विदेशी लगानी भित्र्याएर होटल व्यवसाय प्रवर्द्धनका लागि नीतिगत रूपमा सुधार गर्न सरकार तयार छ ।’ साथै सुधारका लागि वास्तविक कार्ययोजना दिन समेत मन्त्री रिजालले व्यवसायीसँग आग्रह गरेका छन ।

मन्त्री रिजालसँगको भेटमा पर्यटन तथा हवाई समितका सल्लाहकार शशिकान्त अग्रवाल, होटल एशोशिएशनका अध्यक्ष विनायक शाहलगायत सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL