Logo

अर्थतन्त्रमा ‘बुस्टर’ चाहिएको छ : डा. युवराज खतिवडाको विचार

अर्थतन्त्रमा ‘बुस्टर’ चाहिएको छ : डा. युवराज खतिवडाको विचार



काठमाडौं । अहिले अर्थतन्त्रलाई ‘काउन्टर साईक्लिकल बफर’ हैन ‘बुस्टर’ चाहिएको छ । जुन बेला बजार बुम भएको थिय्क नेपाल राष्ट्र बैंकले काउन्टर साक्लिकल बफर ल्याउनु पर्ने हो । अहिले अर्थतन्त्र मन्दीको बेला राष्ट्र बैंकले बुस्टर दिनुपर्ने बेला हो । जुन बेला अर्थतन्त्र संकटको बाटोमा जाँदै थियो, त्यो बेला सरकार तथा नीतिगत निकायले त्यो क्षेत्रलाई कन्ट्रोल गर्न नै सकेनन । अहिले जुन बेला अर्थतन्त्रला= उकास्नको लागि पहल गर्नुपर्ने अवस्था छ, त्यो बेला कसिलो नीति ल्याएर हुन्छ ?

laxmi

हिजो सेयर बजार इन्डेक्स ३२ सय हुँदा पनि जोखिम थियो । मैले पनि भनेको थिएँ, ओभर हिटेड भएको बजार भनेर । तर, जब बजार २५ सयभन्दा तल जान थाल्यो । ओभर करेक्सन हुन्छ की भनेर मैले पनि भनेको हो । बजारमा ओभर करेक्सन भइरहेको बेला जोखिम भार १ सय ५० पुर्याउनु पर्छ रु त्यो त चक्रिय प्रक्रिया हो । जुन बेला बजार माथि गएको हुन्छ, त्यो बेला जोखिमको संकेत गर्ने हो ।

अहिले समस्याको समाधान गर्ने इच्छाशक्ति भएको सरकारको आवश्यक छ । अहिलेको देशको समस्या हल गर्नुपर्ने काम अहिलेको प्रधानमन्त्रीको हो । प्रधानमन्त्रीले कुन–कुन तहको समायोजन गरेर कसरी समस्याको समाधान गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने आवश्यकता छ । यसको मुख्य जिम्मेवारी नै यो देशको प्रधानमन्त्रीको हो । प्रधानमन्त्रीले आफू मातहतका निकायहलाई समन्वय गरेर काम गर्नुपर्ने हो । प्रधानमन्त्रीले रिजल्ट निकाल्छु भनेको त धेरै पटक सुनिएको छ । खै त प्रधानमन्त्री बसेर छलफल गरेको ? यसमा सम्भावना भएसम्म अर्थशास्त्रीहलाई पनि सहभागी गराएर सोधेपनि हुने हो । आफ्नो तहबाट समस्या समाधान गर्ने बाटो छैन भने प्रतिपक्षी दललाई पनि राखेर छलफल गर्दा हुने हो । त्यो पहल खै त ?

अहिले उठेका कतिपय कुराहरु प्रधानमन्त्रीको भारत भ्रमण, चीन भ्रमण, संयुक्त राष्ट्र संघको भ्रमणलगायतका विषयमा कुराहरु उठेका थिए । खै प्रधानमन्त्रीले कुन विषयको सम्बोधन गर्नुभएको छ अहिलेसम्मको मितिमा ? त्यसो हुनाले अहिले जुन समस्या देखिएको छ, त्यो समस्या पहल नभएर देखिएको समस्या हो । यस्ता समस्याको पहल गर्ने वित्तिकै समस्याको समाधान भेटिन्छ ।

अर्थतन्त्रमा दुई वर्षयता जति पनि परिसूचकहरु छन ती कुनै पनि परिसूचक कुनै पनि ढङ्गले सकारात्मक तरिकाले अगाडी बढेका छैनन । दुई वर्षयता अर्थतन्त्रको संकुचन भयावह भएर गएको छ । समग्र व्यापा २०–२५ प्रतिशतले संकुचनमा छ । निर्यात घटेर आधा हुने स्थितिमा आएको छ । यसले पनि देखाउँछ स्वदेशको उद्योगको अवस्था कता गइरहेको छ भनेर । सरकारले यस्ता कुरालाई पनि बुझ्नुपर्ने हो । सरकारले समस्या समाधान गरौंला त भन्यो तर भने अनुसार गरेन । पछिल्लो २ वर्षदेखि उद्योग, व्यापारलगायत अर्थतन्त्र नै भयावह भयो । पछिल्लो २ वर्ष अघिको तुलनामा आयात २ खर्बले घटेको छ । सरकारसँग अहिले जति विदेशी मुद्रा सञ्चिति छ त्यो बल्ल २ वर्ष अगाडिको रेसियोमा छ । त्यो पनि रेमिट्यान्सले धानेको हो । सरकारले अहिलेको यथार्थलाई बुझोस् ।

सरकारले अर्थतन्त्र संकटमा छ भनेपछि तत्काल केही गर्नुपर्ने होइन ? सरकारले संकट हटाउनको लागि पहल गरेको खोई ? सरकारले बोल्दिने अनि चल्दिनेमात्र गरेर कसरी काम हुन्छ । अहिले सरकारी निकायमा एउटाले अर्कोलाई जिम्मेवारी पन्छाउने काम गरेर बसेको छ । अर्थमन्त्री काङ्रेसको हो कांग्रेसले अर्थतन्त्र सुधार्ने काम गर्छ भन्ने खालको धारणा बनाएर हानाथाप गरेर बसेका छन । यता अर्थ मन्त्रालय भने अर्थतन्त्र राष्ट्र बैंकले बिगारेको भनेर आरोप लगाएर बसेको छ । राष्ट्र बैंकले सुधार गर्छ भन्ने धारणा पनि बनाएर बसेका छन । सबै क्षेत्रका पदाधिकारीले अर्काको जिम्मेवारीमा हस्तक्षेप गर्नु गलत हो । अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई, राष्ट्र बैंकले अर्थमन्त्रालयलाई एकआपसमा आरोप लगाउन मिल्दैन ।

अहिले सेयर बजारलाई विस्तार दिने बेलामा झन् जोखिम भार बढाउने काम गरियो । यसरी एकले अर्काको जिम्मेवारी माथि प्रश्न उठाएपछि यो अवस्था निम्तिएको हो । जिम्मेवार निकायले जिम्मेवारी लिएर समस्याको समाधान गर्ने हो । एकअर्कालाई आरोप लगाएर बस्ने हैन । अहिलेको अवस्थामा राष्ट्र बैंकले धितोपत्र बजारको जिम्मेवारीमा त्यति धेरै हस्तक्षेप गर्न आवश्यक छैन ।

म आफै राष्ट्र बैंकको गभर्नर हुँदा मैले कुल कर्जाको २ प्रतिशत मार्जिन कर्जा देउ भनेको थिएँ । त्यसो गर्दा सेयर बजारमा ३०र४० अर्ब त सजिलै जान्छ । यति पैसा बजारमा गयो भने यसले बजार चलायमान बनाउँछ । एउटा व्यवसायले एक खर्बसम्म ऋण लिँदा त्यसमा हामीले रिस्क देख्दैनौं । सेयर बजारमा एउटा व्यक्तिले १२ करोडभन्दा धेरै ऋण लियो भने त्यहाँ हामी जोखिम देखिरहेका छौं । यो जोखिम देख्ने प्रक्रिया पनि बुझिएको छैन । यो नीति पनि बेकारको कुरा हो भन्ने मेरो धारणा छ । यसमा सरकारले काम गर्ने मौका दिनु पर्छ ।

धितोपत्र बोर्डलाई मेरो प्रश्न आईपीओको बाढी किन ल्याउन पर्यो ? किन एफपिओ ल्याउन अनुमति दिनपर्यो ? बजार संकट तर्फ जाँदै छ भने बजारलाई प्रोटेक्ट गर्ने हो । बजारलाई यस्तो बेला स्थिर गर्ने हो । बजारलाई स्थिर गर्ने कुरामा राष्ट्र बैंकको भन्दा बढि धितोपत्र बोर्डको भुमिका हुन्छ । यता सेयर बजारलाई स्थिर बनाउनको लागि नेप्सेको पनि भुमिका रहेको हुन्छ ।

नेप्सेले टि प्लस १ लगायतका कुरामा सुधार गरेर करोबारलाई राम्रो बनाउन सक्छ । अहिलेको नेप्सेको अवस्था हेर्ने हो भने भनेको समयमा नेप्सेको सफ्टवेयरले काम गरेको हुँदैन । कुनै समयमा विनाकारण कारोबार अबरोध भइरहेको हुन्छ । सेटलमेन्टहरु अपडेट भएको हुन्न । यसले गर्दा अन्यौंल सेल्स भइराखेको हुन्छ । यस्ता कुराले पुँजी बजार अस्तव्यस्त छ । यो हेर्ने काम नियामक निकाय अनि सरकारको हो । यस्ता कुरामा प्रधानमन्त्री मुख्य जिम्मेवार हो । अहिलेको समस्याको कुरा गर्ने हो भने मौद्रिक नीतिमा केहि समस्या छन् । चालु पुँजी कर्जा कारोबारको ५० प्रतिशतसम्म दिँदा यसमा बिग्रिहाल्ने केहि छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL