Logo

दैनिक ओरालो यात्रामा सेयर बजार, सेलिङ प्रेसर थेग्न नसक्दा २९ अंकले घट्यो नेप्से

दैनिक ओरालो यात्रामा सेयर बजार, सेलिङ प्रेसर थेग्न नसक्दा २९ अंकले घट्यो नेप्से



काठमाडौं । लामो समयदेखि ओरालो लागेको नेप्से स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार २९ अंकले घट्न पुगेको छ । पछिल्लो समय बजारमा सेलिङ प्रेसर आउँदा नेप्से दबाबमा परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

laxmi

‘अहिले लगानीकर्ताले जति मूल्यमा घटाएर अर्डर राख्दो सोही मूल्यमा सेयर बिक्री गर्न तयार हुन थाले,’ ती लगानीकर्ताले भने, ‘तसर्थ अहिले बजारमा सेलिङ प्रेसर थेग्न सकिएको छैन ।’ सोही अनुरुप साताको अन्तिम दिन नेप्से परिसुचक २८.९२ अंकले घटेको छ । जसमा २०३ कम्पनीका लगानीकर्ताले गुमाए भने २१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । तर ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

यसैगरी बिहीबार १ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा ३७ लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL