Logo

देशको अर्थतन्त्र रेमिट्यान्सको भरमा, उत्पादनको योगदान घट्दै

देशको अर्थतन्त्र रेमिट्यान्सको भरमा, उत्पादनको योगदान घट्दै



काठमाडौं । पछिल्लो समय विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा सुधार आउँदा नेपाली अर्थतन्त्रमा सुधार देखिएको छ । गत आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स घटेको भएपनि चालु आवमा भने रेमिटयान्स आप्रवाहमा सुधार आउँदा देशको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति सेफजोनमा रहेको देखिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तिय विवरण अनुसार यो आावमा अहिलेसम्म विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४।१ प्रतिशतलेमात्र बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतलेमात्र बढेको थियो ।

laxmi

रेमिट्यान्समा आएको बृद्धिसंगै देशको ढुकुटीमा वैदेशिक मुद्रा संचिती पनि बढेको छ। गत आर्थिक वर्ष २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष २०७९र८० को ११ महिनासम्म आउँदा २१.८ प्रतिशतले १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ । हाल रहेको विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको बस्तु तथा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय आयात बढ्न थालेकाले विदेशी मुद्राले आयात धान्न पुग्ने महिनासमेत घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक हेर्दा अहिले देशको अर्थतन्त्र रेमिट्यान्सको भरमामात्र चलेको देखिन्छ । पछिल्लो समय नेपाल भित्रिने वैदेशिक लगानीमा समेत कमी आउँदा रेमिटयान्स भने बलियो सा्रोतब नेको हो । पछिल्लो तथ्यांकअनुसार वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । यसरी वैदेशिक लगानी घट्दा देशको आर्थिक अवस्थामा संकुचन आउने नेपाल राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

‘‘देशमा अहिले सरकारी निकायबाट नयाँ आयोजनाका कामहरु नभएको अवस्था छ भने निजी क्षेत्रले पनि कुनै नयाँ प्रोजेक्ट नल्याएको अवस्था छ । यसको अर्थ के हुन्छ भने, देशमा उत्पादन घट्दो छ, यता उपभोग्य वस्तूहरु बढिरहेको छ,’ थापा भन्छन, ‘यसले देशलाई सञ्चालन घाटातर्फ लगिरहेको छ।’ अहिलेको देशको अर्थतन्त्र देशको उत्पादन तथा आम्दानीले भन्दा रेमिट्यान्सले चलेको उनी बताउँछन् । पछिल्लो समय देशमा उत्पादन हुने कुनै कलकारखानाहरु नखुलेको उनको बुझाई छ । यसैगरी, पहिलेको कतिपय योजनाहरु पनि अपुरो हुँदा देशमा अहिले उत्पादन तथा निर्यातमा कमी आएर आयातमुख अर्थतन्त्र भएको उनी बताउँछन् ।

‘‘अघिल्लो आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले आयातलगायतका विषयमा कसिलो नीति लिएको थियो । जसले गर्दा वैदेशिक मुद्रा संचितीमा सुधार आएको थियो र अर्थतन्त्र केही सहज अवस्थामा भएको महसुस भएको थियो । तर, अहिलेको मौद्रिक नीति खुकुलो आउनुपर्छ भनेर नीजि क्षेत्रको माग छ । यसरी निजी क्षेत्रको माग अनुसार नै नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्यायो भने, देशको अवस्था अहिलेको भन्दा भयावक भन्ने निश्चित छ।’ उनी भन्छन् ।

उत्पादनको योगदान घट्दै

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५ प्रतिशत र ४४.३ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७।४ प्रतिशत, ०.०२ प्रतिशत र ५२.६ प्रतिशत रहेको थियो । यसले देशको उत्पादनको अवस्था एकदमै कमजोर रहेको देखाउँछ ।

यता देशले बाहिरबाट आयात गर्ने मध्यवर्ती वस्तुको अनुपात ५३.४ प्रतिशत, पुँजीगत वस्तुको ८.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२.४ प्रतिशत, १०.२ प्रतिशत र ३७.४ प्रतिशत रहेका थिए । यसले देशमा उपभोग हुँने बस्तु विदेशबाट आयातको फ्लो बढेको देखाउँछ । चालु आर्थिक वर्ष २०७९÷८० को एघार महिनामा कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १ खर्ब ४३ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL