Logo

भारतमा गोलभेडाको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ, नेपालमा के छ अवस्था ?

भारतमा गोलभेडाको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ, नेपालमा के छ अवस्था ?



काठमाडौं । भारतमा गोलभेडा (टमाटर) को मूल्यले सर्वसाधारणको बजेट सन्तुलन बिगारेको छ । भारतका धेरै सहरमा टमाटरको मूल्य भारु १५० (नेपाली २४०) रुपैयाँभन्दा बढी छ । जुलाई १५ पछि टमाटरको मूल्य घट्ने अनुमान गरिएको थियो । तर, निकट भविष्यमा टमाटरको भाउ घट्ने सम्भावना छैन । बरु यसको मूल्य अझै बढ्न सक्छ ।

laxmi

आगामी दिनमा भारु १५० रुपैयाँ प्रतिकिलोमा टमाटर किन्न पनि बार्गेनिङ गर्नुपर्ने हुनसक्छ । हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण टमाटर संकलन हुन नसकेको र ढुवानीमा समेत ठूलो समस्या भएको छ । हाल भारतमा सबैभन्दा धेरै टमाटर हिमाञ्चलबाट आउने गरेको छ । तर अहिले भारतको अधिकांश भागमा बेंगलुरुबाट आपूर्ति भइरहेको छ ।

भारतको उत्तरी प्रदेशमा भारी वर्षाका कारण टमाटरसँगै बन्दागोभी, काँक्रो, काँक्रो र सागपातको भाउ पनि बढ्न सक्ने बताइएको छ । बैंगलोरस्थित भारतीय बागवानी अनुसन्धान संस्थानका निर्देशक एसके सिंहले उत्तरी राज्यहरू विशेष गरी हिमाचल प्रदेशमा भारी वर्षाले टमाटर, बन्दागोभी, काउफ्लावर र क्याप्सिकमको अधिकांश खडा बाली नष्ट गर्ने बताए । ‘पानी जमेको कारण भाइरस र विल्टले बाली बिगार्छ । यसले तरकारीको आपूर्तिमा असर पर्नेछ र मूल्य बढ्नेछ’, उनले भने ।

यस सिजनमा बन्दागोभी, काउली र क्याप्सिकमको अधिकांश आपूर्ति हिमाञ्चलबाट हुने गरेको छ । हिमाञ्चलबाट दिल्ली मात्र होइन, अधिकांश राज्यहरूमा आपूर्ति गरिन्छ । तरकारीको भाउ बढेपछि जनता दालतर्फ आकर्षित भएको सिंहले बताए । जसका कारण दालको भाउ अझै बढ्न सक्छ । हिमाञ्चल प्रदेश, राजस्थान, उत्तराखण्ड, हरियाणा र जम्मू कश्मीरमा हालै भारी वर्षा भएको छ । ८ जुलाईमा दिल्लीमा यति धेरै पानी पर्यो कि ४० वर्षको कीर्तिमान तोडियो । बाढीपहिरोेका कारण धेरै सडकहरु बन्द भएका छन् । यसले पहाडबाट तरकारी ढुवानी ठप्प भएको छ ।

कहिलेसम्ममा राहत मिल्छ ?

दिल्लीको आजादपुर मण्डीका टमाटर व्यापारी अमित मलिकले टमाटरको थोक मूल्य एक हप्तामा १४० देखि १५० भारु रुपैयाँसम्म पुग्न सक्ने बताए । भारी वर्षाका कारण उत्तरी राज्यबाट आपूर्तिमा कमी आउने छ । अहिले थोक बजारमा टमाटरको मूल्य ४० देखि १ सय १० रुपैयाँ भारु र खुद्रा मूल्य प्रतिकिलो १०० देखि १ सय ६० रुपैयाँ भारु रहेको छ । गत वर्ष भएको घाटाका कारण यसपटक धेरै कृषकले टमाटर खेती गरेका छैनन् । बैंगलोरमा यस वर्ष पनि कम उत्पादन भएको छ । सिंहले भने, ‘यो वर्ष बैंगलोरमा उत्पादन घटेको छ । बेमौसमी वर्षाका कारण टमाटर बालीमा कीराले असर गरेको छ । अगस्टपछि सोलापुर, पुणे, नासिक र सोलनबाट टमाटरको आपूर्ति सुरु भएपछि मात्र टमाटरको मूल्य घट्ने अनुमान गरिएको छ ।’

नेपालमा के छ अवस्था ?

भारतमा गोलभेडाको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ नाघेपनि नेपालमा भने अहिलेसम्म मूल्य सन्तुलनमा रहेको देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ९५ रुपैयाँ थोक मूल्यमा विक्री भइरहेको छ । यस्तै नेपाली गोलभेडा सानो(लोकल) २५ रुपैयाँ प्रतिकेजी, गोलभेडा सानो टनेल ४० रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । नेपालमा हाल धेरै खपत हुने सानो टनेलको गोलभेडा उपभोक्ताले स्थानअनुसार ६० देखि १०० रुपैयाँ प्रतिकेजीमा खरीद गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL