Logo

राजेशकाजी श्रेष्ठको अध्यक्षतामा भानुभक्त मेमोरियल माध्यमिक विद्यालयको अल्मुनाइ एशोसिएसन गठन

राजेशकाजी श्रेष्ठको अध्यक्षतामा भानुभक्त मेमोरियल माध्यमिक विद्यालयको अल्मुनाइ एशोसिएसन गठन



काठमाडौं । काठमाडौं पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको भेलाले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाइ एशोसिएसन गठन गरेका छन् ।

laxmi

व्यवसायी श्रेष्ठ भानुभक्त मेमोरियल माविका पहिलो ब्याचका विद्यार्थी हुन् । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष रहेका श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

वि। सं। २०३४ सालदेखि एसएलसी परीक्षामा सहभागी भानुभक्त मेमोरियल स्कुलबाट हालसम्म ७ हजार विद्यार्थीले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेका छन् । यस विद्यालयका विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी विदेसिएका छन् । ले सोही ब्याचका श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

पूर्व विद्यार्थी ठाकुरप्रसाद शर्माको संयोजकत्वमा भएको भेलाले तदर्थ समितिको उपाध्यक्षमा हर्षसागर तुलाधर, महासचिवमा नविनकुमार बर्मा र कोषाध्यक्षमा पुनिता रिमाललाई चयन गरेको छ । समितिका सदस्यहरुमा सुनिल गोर्खाली, कपिल लोहनी, मनोज ढुंगाना, आशिषभद्र खनाल र विश्वास खतिवडा रहेका छन् ।

एशोसिएसनले ठाकुरप्रसाद शर्मा, विद्यासागर तुलाधर र सनातन रेग्मीलाई सल्लाहकारका रुपमा चयन गरेको छ । यस्तै, विद्यालयकी प्रधानअध्यापक ईश्वरी ढुंगानालाई आमन्त्रित सल्लाहकारका रुपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

भानुभक्त मेमोरियल स्कुलको आसन्न ६० औं वार्षिकोत्सव र एसएलसीमा सहभागिताको ५० औं वार्षिकोत्सवलाई लक्षित गर्दै अल्मुनाई एशोसिएसन गठन गरिएको हो । एशोसिएसनले पूर्व विद्यार्थीबिच भाइचार सम्बन्ध स्थापित गर्ने तथा वार्षिकोत्सव लक्षित विभिन्न रचनात्मक कार्य गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL