Logo

निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थमन्त्रीसमक्ष परिसंघको आग्रह

निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थमन्त्रीसमक्ष परिसंघको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसङ्घले निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ । परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर अर्थतन्त्रलाई चलायमान बनाउने र घटेको निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।

laxmi

परिसङ्घको टोलीले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बजेटको प्रभावकारी कार्यान्वयन एवं खुकुलो मौद्रिक नीति ल्याउन सुझावसमेत दिएको छ । अध्यक्ष अग्रवालले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न सरकारलाई आग्रहसमेत गरे । परिसङ्घले उद्योगी व्यवसायीलाई उधारो उठाउन सहजीकरण गर्न उधारो उठाउने ऐन र अग्रिम जमानत कानून ल्याउनुपर्ने बताएको छ ।

भेटमा अर्थमन्त्री डा महतले निजी क्षेत्रको मनोबल उच्च राख्ने वातावरण सरकारले निर्माण गर्ने बताए । उनले परिसङ्घले उठाएका विषयहरूलाई गम्भीतापूर्वक लिएको उल्लेख गरे । अर्थमन्त्री डा महतले परिसङ्घको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL