Logo

कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिको छनोट परीक्षा काठमाडौं महानगरले नै सञ्चालन गर्ने

कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिको छनोट परीक्षा काठमाडौं महानगरले नै सञ्चालन गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले निजी विद्यालयहरुले कक्षा ११ का लागि उपलब्ध गराउने छात्रवृत्तिका बारेमा नयाँ निर्णय गरेको छ । मेयर साहले आइतबार राति एउटा स्टाटसमार्फत यो नयाँ घोषणा गरेका हुन् ।

laxmi

मेयर साहले काठमाडौं महानगरपालिकामा रहेका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरुका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धि परीक्षा यही शैक्षिक शत्रदेखि काठमाडौं महानगरपालिकाले नै गर्ने घोषणा गरेका हुन् ।

योसंगै उनले सामुदायिक विद्यालयमा अध्ययन गरेका जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिव लगायतका छनोटका आधार तयार गरी योग्यता क्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने घोषणा गरेका हुन् ।

मेयर साहले आफ्नो स्टाटसमा भनेका छन् –‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL