Logo

जेठ महिनामा सेयर कारोबारबाट उठ्ने लाभकर दोब्बरले बढ्यो, आर्थिक वर्ष सकिन लाग्दा दीर्घकालीन कारोबार बढ्यो

जेठ महिनामा सेयर कारोबारबाट उठ्ने लाभकर दोब्बरले बढ्यो, आर्थिक वर्ष सकिन लाग्दा दीर्घकालीन कारोबार बढ्यो



काठमाडौं । जेठ महिनामा सरकारले सेयर बजारका कारोबारी लगानीकर्ताबाट २६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । जेठमा अल्पकालिन लगानीकर्ता तथा दीर्घकानिल लगानीकर्ताबाट सरकारले कुल २५ करोड ९५ लाख २३ हजार २३४ रुपैयाँ कर संकलन गरेको हो ।

laxmi

सरकारले जेठ महिनामा अल्पकानिल लगानीकर्ताबाट मात्रै १२ करोड ८५ लाख ५ हजार ५३४ रुपैयाँ लाभ कर संकलन गरेको छ । यसैगरी, दीर्घकालिन लगानीकर्ताबाट जेठ महिनामा ९ करोड २ लाख ८३ हजार ६५४ रुपैयाँ कर संकलन गरेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रवक्ता सुरेश न्यौपाने जानकारी दिए ।

वैशाख महिनाको तुलनामा जेठ महिनामा सरकारले सेयर बजारबाट संकलन गर्ने कर बढेको छ । वैशाख महिनामा सरकारले १३ करोड ५४ लाख ८८ हजार ८९९ रुपैयाँ बराबर कर संकलन गरेको थियो । बैशाखमा सरकारले अल्पकालिन लगानीकर्ताबाट ६ करोड १२ लाख ५२ हजार ८३३ रुपैयाँ कर संकलन गरेको थियो भने दीर्घकालिन लगानीकर्ताबाट सरकारले ५ करोड ९९ लाख २७ हजार ३७३ रुपौयाँ कर संकलन गरेको थियो । वैशाखको तुलनामा जेठ महिनामा यस्तो कर १२ करोड ४० लाख ३४ हजार ३३५ रुपैयाँले बढेको सीडीएससीले जानकारी दिएको छ । यो रकम बैशाखको तुलनामा झण्डै दोब्बर हुन आउँछ ।

जेठ महिना सुरुभएसँगै सेयर बजार कारोबारमा पनि सुधार आउँदै गएको छ । जेठ महिनामा सेयर कारोबार नेप्से सूचकसँगै सेयर कारोबार रकम पनि बढेको छ । यस कारण सेयर बजारबाट उठ्ने राजस्व पनि बढेको न्यौपाने बताउँछन् । यसैगरी, अहिले बैंकिङ क्षेत्रमा पनि तरलताको अवस्था पहिलेभन्दा केहि सहज भएको छ । यसले गर्दा सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्
MBL