Logo

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य



काठमाडौँ । उपचारका लागि भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयाघात भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

laxmi

स्वास्थ्य सामान्य भएपछि राष्ट्रपति डिस्चार्ज भएको सचिवालय स्रोतले जानकारी दियो । मंगलबार गंगालाल हृदयरोग केन्द्रमा पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL