Logo

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या एकद्वार प्रणालीबाट समाधान गर्न विकास समितिको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या एकद्वार प्रणालीबाट समाधान गर्न विकास समितिको निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

पुस ३, काठमाडौं । संसदको विकास समितिले राष्ट्रिय प्राथमिकताका आयोजनाको कार्यान्वयनका देखिएका समस्यालाई एकद्वार प्रणालीबाट समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

विभिन्न आयोजनाहरु कार्यान्वयनमा भएका तथा देखिन सक्ने समस्या समाधान गर्न सरोकारवाला मन्त्रालयबीच संयन्त्र निर्माण गरी काम गर्न समेत समितिले निर्देशन दिएको छ ।

समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्ता समस्या समाधान गर्न सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी मापदण्ड बनाई काम गर्न समते निर्देशन दिएको छ ।

यसैगरी, समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई विकास निर्माणका आयोजनाका लागि आवश्यक पर्ने ढुंगा, बालुवा तथा गिट्टीको उत्खनन्, व्यवस्थापन र आपूतिर्को व्यवस्था मिलाउन तथा क्रसर उद्याोगमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL