Logo

सरकारी जागिरको चाहना छ ? नेपाली सेनाले खुलायो एकैपटक ४५ सय पदका लागि आवेदन (सूचनासहित)

सरकारी जागिरको चाहना छ ? नेपाली सेनाले खुलायो एकैपटक ४५ सय पदका लागि आवेदन (सूचनासहित)



काठमाडौं । लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार ४५ सय जनाका लागि जागिर खुलाएको हो । जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ ।

laxmi

भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।

सुचना अनुसार आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ । सेनाले १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न मिल्ने ब्यवस्था गरेको छ भने बहालवाला सैनिकको हकमा भने उमेरको हदबन्दी २६ बर्ष राखिएको छ । फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL