Logo

जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र समुहका सुरकृष्ण बैद्य बिजयी, सदस्यमा उमेशलालको वर्चस्व कायमै

जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र समुहका सुरकृष्ण बैद्य बिजयी, सदस्यमा उमेशलालको वर्चस्व कायमै



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष पदमा रामचन्द्र संघई समुहका सुरकृष्ण बैद्य बिजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी अरुणराज सुमार्गीभन्दा ६ मत बढी ल्याएर उनी निर्वाचित भएका हुन् ।

laxmi

जिल्ला नगरतर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका अरुणराज सुमार्गीले ३७ मत पाउँदा बैद्यले ४३ मत प्राप्त गरेका थिए । यस्तै दिनेश श्रेष्ठले भने ३४ मत प्राप्त गरेका छन् ।

यता जिल्ला नगरतर्फको सदस्यमा भने उमेशलाल श्रेष्ठ समुहको वर्चस्व कायमै देखिन्छ । जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

जसमध्ये सदस्यतर्फ मोहन प्रसाद श्रेष्ठले ९१, प्रयास कार्की ८८, अमरेश चन्द्र बैदार ८१, तारा बहादुर कार्की ८१, नविन रिजाल ७९, कल्पना गैरे ७७, उमेश डालमिया ७३, उज्ज्वल प्रसाद कसजु ७२, बेदबहादुर श्रेष्ठ ७२, मन्जु कुमार श्रेष्ठ (कोज) ७०, अब्दुल वाहिद मन्सुर ७०, किशोर कुमार आचार्य ६९, कृष्ण कटुवाल ६७, केशब प्रसाद भण्डारी ६७, पुष्पराज कुंवर ६६, गोकुल श्रेष्ठ ६४, निरक केसी ६३, अनिलकृष्ण श्रेष्ठ ६४, दिपक नेपाल ६३ र निरक केसीले बराबर मत प्राप्त गरेका हुन् ।

यी मध्ये ११ जना सदस्य उमेशलाल श्रेष्ठ प्यानलका छन् भने बाँकी ७ जना अन्जन श्रेष्ठ प्यानलका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL